नारायणी नदीको जलसतह बढ्यो 

294
Shares

चितवन ।

चितवनको नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतह बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीको जलसतह ७.३ मि. को सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहने स्थानीयले आज बेलुका ७ बजेसम्म उच्च सतर्कता अपनाइराख्न विभागले आग्रह गरेको छ ।