दुर्घटनामा परी घाइते भएका १३ जनाको सकुशल उद्धार 

26.04k
Shares

बारा। 

 जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै आज बिहान  भएको सवारी दुर्घटनामा परी घाइते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो । गम्भीर घाइते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको प्रहरीको भनाइ  छ।