पहिरोले राजमार्ग बन्द

2.7k
Shares

धादिङ ।

लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको नौबिसे मुगलिनखण्ड अवरुद्ध भएको छ। धादिङको सिमानामा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीवार बिहान पहिरो खस्दा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिको डोजरको सहायताले पहिरो पन्छाउने कार्य भईरहेको छ । राजमार्गको ठाउँ-ठाउँमा पहिरो झरेको छ ।

पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङको जोगिमारा क्षेत्रमा पनि पहिरो खसेको छ । राजमार्ग माथि सडक खनेका कारण पहिरो झरिरहेको, र लेदो खसेर सडक एकतर्फी भएको स्थानीयले जानकारी दिएका छन् । गल्छी बैरेनी क्षेत्रमा सडकमा जमेको लेदो हिलोका कारण साना सवारी लेदो पन्छाएपछिमात्र संचालन हुने अवस्थामा छ ।

एकसातादेखिको वर्षाका कारण एकदर्जन भन्दा बढी स्थानमा सडक एकतर्फी भएको छ । पानी परिरहेको समयमा सडकमा सवारि चलाउनु बढी जोखिम भएकोले सावधानी अपनाउन आग्रह समेत गरिएको छ ।