सवारी दुर्घटनामा तीन जनाको मृत्यु

4.3k
Shares

काठमाडौं ।

छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ दोभान स्थित सडकमा लु.८६ प ६५१ नम्बरको स्कुटर र लु.२ ख ५३७३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक रूपन्देही तिलोत्तमा नगर
पालिका-४ डिङ्गानगर बस्ने २१ वर्षीय बिबेक अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको साझा अस्पताल बुटवलमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बरहथवा नगरपालिका-१२ पटेरवा टोल स्थित ना।६ त १२६५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा पल्टिएर बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१२ पुरैनिया टोल बस्ने ३० वर्षीय सुरेश रायको मृत्यु भएको छ ।

झापा, गौरादह नगरपालिका-१ सितापुरी स्थित सडकमा पाडाजुगीबाट गौरदहतर्फ जाँदै गरेको लु।९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत प्रान्त झारखण्ड गोडा घर भएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।