बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

1.6k
Shares

काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भइरहेको छ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।