नारायणी नदी किनारमा महिलाको शङ्कास्पद वस्त्र फेला

1k
Shares

नवलपरासी।

जिल्लाको सम्पूर्ण क्षेत्रमा बुधवार बिहान देखिनै अविरल बर्षा भईरहेकाे छ । कालीगण्डकी करिडाेर तथा पूर्व पश्चिम मुख्य सडकका एकाध ठाउँमा पहिरो र हिलोका कारण कतै जाम त कतै सडक एक तर्फी रहेको छ ।

लगातारको वर्षासँगै स्थानीय खहरे र ठूला खाेलाकाे जल स्तर बढ्दै गएको छ । गाउँघर सहर बजार पानीले जलमग्न भएकाछन् ।
यसै बीच जिल्लाको पूर्वी भाग गैडाकाेट नगरपालिका २ श्रीराम पार्टी प्यालेस नजिक नारायणी नदी किनारमा महिलाले प्रयाेग गर्ने लुङ्गी,सल,चप्पल,छाता र सानो भिर्ने पर्स फेला परेको छ ।

बिहीबार बिहान पाैने ८ बजे नदी किनारकाे जालतारमाथि बेबारिसे  अवस्थामा भेटिएका कपडा लगायतका सामाग्रीले स्थानीय बासीलाई  झस्काएको छ ।
स्थानीय प्रहरीले नदी किनारमा भेटिएका बस्तु सोधपुछका लागि  ईप्रका गैडाकाेटमा ल्याएर राखेको छ ।

भेटिएका वस्तुसँगै लम्जुङ्ग जिल्ला तान्जिन गाउँ पालिका ५ मनमाँया गुरूङ्ग नाम उल्लेख भएकाे नागरिकता फेला परेको छ ।
कपडासंगै  भरतपुर मनपा २४ शिवनगर ठेगानाकाे मतदाता परिचय पत्र तथा प्रभू र नेपाल बैँककाे चेक बुक प्रहरीले फेला पारि सम्बद्ध व्यक्तिको अवस्थाका बारेमा खोजी अघि बढाएको छ ।