रकुललाई छैन आपत्ति अन्तरंग दृश्यमा

224
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री रकुल प्रित फिल्मी नगरमा ग्ल्यामरको कारण रहने गर्छिन्। सन् २००९ मा कन्नड फिल्म गिल्लबाट कलाकारितामा प्रवेश गरेकी उनले हिन्दी, तेलगु तथा तमिल फिल्ममा समेत अभिनय गरेकी छन्।

रकुलले एक भारतीय सञ्चारमाध्यमसँग कुराकानीका क्रममा आफूलाई चुम्बनजस्ता अन्तरंग दृश्यमा अभिनय गर्न आपत्ति नभएको बताएकी छन्। उनले यस्ता दृश्यका लागि आफ्नो शर्त पनि अघि सारेकी छन्।

‘यस्ता सिन गर्न मलाई कुनै आपत्ति छैन। तर, फिल्मको प्रचारका लागि मात्र यस्तो दृश्य राखिएको हो र फिल्मको कथामा त्यो दृश्यको आवश्यक छैन भने चाहिँ यस्तो दृश्यको आवश्यकता छैन,’ उनले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनेकी छन्। रकुलले फिल्म क्षेत्रमा ग्ल्यामर जरुरी भएको र दर्शकको चाहना पनि आफ्नो मनपर्ने कलाकारले ग्ल्यामर पहिरनमा प्रस्तुत होस् भन्ने भएको बताएकी छन्।

रकुल छिट्टै नै फिल्म इन्डियन २ मा देखिँदै छिन्। सन् १९९६ मा बनेको फिल्मको २८ वर्षपछि बनेको सिक्वेलमा उनी प्रमुख भूमिकामा छिन्। उनको अलावा प्रिया भवानी शंकर, काजल अग्रवाल, बबि सिम्हाजस्ता कलाकारको अभिनय छ।