काठमाडौं ।
कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
कोलम्बियाका लागि खेलको ३९औँ मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो।
योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ। फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि सुरु हुने छ ।











प्रतिक्रिया