वन मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

182
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला अदालत उदयपुरबाट वन मुद्दामा कैद र जरिवाना तोकिएका ३ जनालाई बुधबार त्रियुगा नगरपालिका वडा नं ९ बाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्ने तीनै जनालाई उदयपुर जिल्ला अदालतले जनही १५ दिन कैद र रु ६ हजार जरिवाना तोकिएकोमा जरिवाना नबुझाई र कैद नबसी हालसम्म फरार रहेका थिए ।

यसरी पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं ९ बस्ने वर्ष ३५ को तेजु सदा मुशहर, सोही ठाउँका २६ वर्षका जागेश्वर सदा मुशहर र सोही ठाउँ घर भएका वर्ष ३६ का बालेव्र सदा मुशहर रहेको र तीनै जनालाई बुधबार नै फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।