तालमा फसेका चार जनाको सकुशल उद्धार 

224
Shares

पाेखरा ।

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए।

सो घटनाबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।