पहिरोमा परी घाईते भएका दुईमध्ये एक जनाको मृत्यु

280
Shares

उदपुर ।

उदपुरको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा वर्षासँगै आएको पहिरोमा पुरिएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।
असार २५ गते बिहान सोही ठाउँमा रहेको चार वटा घर पहिरोले पुरिदा ४० वर्षिया हिरामाया मगर र ८ वर्षिया रुपकला मगर घाईते भएका थिए।

उनीहरुलाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी खाबुँमा ल्याईएकोमा रुपकलाको उपचारको क्रममा मृत्यु भएको हो। घाइतेको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिएका थिए । सो स्थानका जोखिमयुक्त रहेका १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

त्यसैगरी सोही जिल्लाको त्रियुगा नगरपालिका–१० घाईघाटस्थित साउनेमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध सडक सुचारु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौजले पहिरो गई ढलेका रुख तथा ढुंगामुढा हटाई बाटो सुचारु गरेको हो।