फेसन डिजाइनर सुजाता द मिसेस नेशनल

196
Shares

काठमाडौं ।

क्रिजोना मिडिया गु्रप प्रालिद्वारा विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न दोस्रो संस्करणको सौन्दर्य प्रतियोगितामा इलामकी सुजाता सुब्बाले द मिसेस नेशनल २०२४ को उपाधि चुमेकी छन्।

प्रतियोगितामा फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेस्ट फिगरको उपाधि पनि चुमेकी छन्। प्रतियोगितामा मञ्जु आचार्य फस्ट रनर्सअपका साथमा मस्ट इनरजेटिक विजेता भएकी छन्। प्रतियोतिमा मञ्जिल रञ्जितकार सेकेन्ड रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट इलिजेन्ट उपाधि विजेता भइन्।

कुल १६ विवाहित सुन्दरीबीच भएको अन्तिम स्पर्धामा सदीक्षा अधिकारी वेस्टवाक, श्री कुँवर मस्ट इन्सपाइरिङ, रोजी थापा वेस्ट पर्सनालिटी, रिंकल गुप्ता मस्ट आइकोनिक, अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाइस र मस्ट फोटोजेनिक, करिश्मा भण्डारी लेबुफनुइर मिसेस फ्यासिओनिस्ता, सुष्मा रेग्मी मस्ट कन्फिडेन्ट, मञ्जु पौडेल मस्ट ट्यालेन्टेड, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मस्ट क्यारिजम्याटिक, सिर्जना बुढा थापा वेस्ट स्माइल, प्रमिला दाहाल मस्ट डिसिप्लेन र रुवि किरणदास मस्ट ग्रेसफुल उपाधिको विजेता बन्न सफल भए।

मोडल तथा कोरियोग्राफर लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र जुम्बा इन्स्ट्रकटर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिता पूर्वखानेपानीमन्त्री महेन्द्र यादव, सांसद रेणु साह, मास्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलामा अन्तर्निहित प्रतिभाको उजागर गर्न द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए ।