एक्लो भदौमा

182
Shares

काठमाडौं ।

प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म एक्लो आगामी भदौको दोस्रो साताबाट सुटिङ फ्लोरमा जाने भएको छ। फिल्मका लागि सञ्चारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन्।

प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, बेनिशा हमाल, कविता नेपाली, दिया पुन, बेलायती अभिनेता जेमी बेकनलगायत कलाकारले अभिनय गर्ने फिल्म बेलायतमा फिल्म मेकिङ पढेका प्रदीप शाहीले त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि निर्देशन गर्न लागेका हुन् ।