इंग्ल्यान्ड भर्सेस नेदरल्यान्ड्स

308
Shares

एजेन्सी ।

जर्मनीमा जारी युरोकप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनल खेल नेदरल्यान्ड्स र इंग्ल्यान्डबिच आज राति हुँदैछ। नेपाली समयअनुसार रातिको पौने १ बजे खेल शुरु हुनेछ।

नेदरल्यान्ड्सले एक पटक युरोकप जितिसकेको छ भने इंग्ल्यान्ड पहिलो युरोकप उपाधिको लागि खेल्दैछ । जबकी गत युरोकप फाइनल लन्डनको वेम्बली रंगशालामा भएपनि इंग्ल्यान्ड उपाधिबाट विमुख भएको थियो । फाइनलमा इंग्लिस टोली इटालीसँग पराजित भएको थियो ।

फिफा वरीयता
इंग्ल्यान्ड पाँचौं

नेदरल्यान्ड्स सातौं

हेड टू हेड रेकर्ड
-कूल २२ खेलमा
-७ जित नेदरल्यान्डस्को
-६ जित इंग्ल्यान्डको
-९ बराबरी नतिजा

जारी युरोकपमा इंग्ल्यान्डका गोलकर्ता
बुकायो साका — १ गोल र १ असिस्ट
हेरी केन—२ गोल
जुदे बेलिंगम—२ गोल

नेदरल्यान्ड्सका गोलकर्ता
कोदी म्याथेस गाक्पो — ३ गोल / १ असिस्ट
मेम्पिस दीपे— १ गोल / १ असिस्ट
वोट वेगहस्र्ट— १ गोल /१ असिस्ट
डोनीएल मालेन—२ गोल

केही तथ्यहरू :
–प्रमुख प्रतियोगितामा इंग्ल्यान्ड र नेदरल्यान्डस्बिच यो चौथो खेल हो ।
–इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध खेलिएका पछिल्ला ९ खेलमध्ये एकमा मात्रै जितेको छ ।
–इंग्ल्यान्डले जारी युरोकपमा स्लोभेनिया (अन्तिम १६) र स्विट्जरल्यान्ड (क्वार्टरफाइनल) विरुद्धका खेलमा १ गोलले पछि परेको अवस्थामा जित हासिल गरेको थियो ।
–नेदरल्यान्ड्सले जारी युरोकपमा पोल्यान्ड (समूह चरण) र टर्की (क्वार्टरफाइनल) विरुद्धका खेलमा १ गोलले पछि परेर जित हासिल गरेको थियो ।