पहिरोमा पुरिएका तीन जनाको उद्धार, एक जना मृत फेला

42
Shares

काठमाडौं । 
रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण सोमबार राती पहिरोमा परी घाईते भएका तीन जनाको उद्धार गरिएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा राती सुती रहेको अवस्थामा पहिरो गई ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षिया तिलसरा बुढा गम्भीर घाईते भएका छन् भने ७ वर्षीय संगम बुढा मृत अवस्थामा फेला परेका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्व, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाईएको हो ।