कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै

14.8k
Shares

काठमाडौं ।

जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुँदै छ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुँदै छ । यो खेल नेपाली समय अनुसार भोली बिहान ५:४५ बजेदेखि शुरु हुँदै छ ।

पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४.३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

क्यानडा समुह चरणमा अर्जेन्टिनासँग एकै समुहमा रहेको छ । समुह चरणको खेलमा क्यानडा अर्जेन्टिनासँग २.० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४.२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५.१५ पटक कोपाको उपाधि जितेका छन् । अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म केवल दुई खेल मात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।