ब्राजिललाई बिरालोको श्राप लागेको विश्वास

4.5k
Shares

लन्डन (एजेन्सी) । 

ब्राजिलको फुटबल टोली जारी कोपा अमेरिकाबाट बाहिरिएपछि चारैतिरबाट आलोचित बनिरहेको छ । पाँच पटकको विश्व विजेता टोलीको यो असफलता बिरालोको श्राप लागेर भइरहेको विश्वास गरिएको छ । गत कतार विश्वकप २०२२ मा बिरालो टेबलमा उफ्रेर आएको थियो ।

जब, भिनिसियस जुनियर मिडियासँग सामना गरिहँदा बिरालो टेबलमा उफ्रेर आएको थियो । यसलाई भिनिसियसले ठट्टाको रूपमा लिएका थिए । तर, एक पदाधिकारीले बिरालोलाई समाएर फ्याँकेका थिए । यहीदेखि नै ब्राजिलसँग अनौठो घटना भएको विश्वास गरिएको थियो । पहिले त कतार विश्वकपबाट ब्राजिल बाहिरियो । टोलीका प्रमुख खेलाडी घाइते हुन थाले । जनसमुदायस्तरबाट यसलाई क्यानारिन्हा अर्थात् बिरालोको श्राप भनेर चित्रित गरियो ।

ब्राजिलका समर्थकहरूले समेत जुन उँचाइमा पुग्नु पर्ने थियो त्यो उँचाइमा नपुगेको यही विरालोको श्रापले नै गर्दा विश्वास गरेका छन् । २०२२ दिसेम्बरमा भएको उक्त घटनाले देखाएको यस्तो थियो । बिरालोलाई टेबलले देखाएको यस्तो थियो । बिरालोलाई टेबलबाट फ्यालिएकोमा ब्राजिल विश्वकपबाट बाहिरिनु परेको थियो । क्रोएसियाविरुद्ध क्वार्टरफाइनल खेलमा नेयमारले गोल गरेर अग्रता दिलाएपनि तीन मिनेटमै बराबरी गोल बेहोर्न पुगेको थियो । यो खेलमा पेनाल्टी शूटआउट भएपछि ब्राजिल पराजित भएको थियो ।

गत वर्ष यू-२० विश्वकपमा क्वार्टरफाइनलमा इजरायलविरुद्ध २–१ को अग्रतामा रहेको ब्राजिल अतिरिक्त समयमा ३–२ ले पराजित भएको थियो । ब्राजिलले पेरिस ओलम्पिकमा पनि छनोट गर्न सकेन । जबकी ब्राजिलभन्दा तल रहेका पाराग्व र अर्जेन्टिनासँग समान १–० ले हारेपछि पेरिसमा छनोट हुन सकेन ।

सबैभन्दा ठूलो असफलता जारी कोपा अमेरिकामा भयो । उरुग्वेसँग १ सय २० मिनेटसम्म गोलरहित बराबरी खेलेको ब्राजिल पेनाल्टी शूटआउटमा ४–२ ले पराजित भयो । ब्राजिलले पछिल्ला ६ कोपा अमेरिकामध्ये एकमा मात्रै उपाधि जित्न सकेको छ । यस्तै, पाँचौं विश्वकप जितेको ब्राजिलले छैटो उपाधिको लागि २२ वर्षसम्म पनि साइत जुर्न सकेको छैन ।