भिजिट भिसामा कुवेत लगी बेचबिखन गर्ने पक्राउ

28
Shares

काठमाडौं ।

वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको हो ।

ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुलेको छ । ङेमाले आफ्नै श्रीमती पनि कुवेतमै रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेको दाबी ब्यूरोले गरेको छ ।

यही शैलीमा एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएको खुलेको छ । कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको मिश्रले बताए ।

त्यसपछि कुवेती नागरिकले बन्धक बनाई घरेलु कामदारको रुपमा राख्ने पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ । ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् ।

तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो । प्रहरीमा उजुरी परेपछि उनी ३ दिन थुनामा बसेर ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी थिइन् ।

थुनामुक्तपछि दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टबाट उनी २९ माघ २०८० मा नेपाल आएकी आएकी थिइन् । त्यसपछि दिएको जाहेरीको आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।