नक्कली लाइसेन्स बनाएको आरोपमा १५ जनाविरुद्ध मुद्दा

2.1k
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेज्स (सवारी अनुमति पत्र) बनाएको आरोपमा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाएको हो ।

उनीहरूको काठमाडौं जिल्ला अदालतले सोमबारदेखि नै बयान सुरु गरिसकेको छ । यातायात व्यवस्था कार्यालय बुटवलमा प्रमुख हुँदा अर्यालले करारमा काम गरेर हटाइएका कम्प्युटर अपरेटरको यूजर प्रयोग गरेर नक्कली लाइसेन्स बनाएको आरोप छ । बुटवल कार्यालयका अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटरहरू दिलीपकुमार साह, केशव पौडेल र पदमराज आचार्य प्रहरी हिरासतमा छन् ।

यस्तै, मुद्दामा प्रतिवादी बनाइएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठ भने फरार सूचीमा छन् । यातायात व्यवस्था विभाग मीनभवनको पत्रपछि सीआईबीले अनुसन्धान गरेको थियो ।

यो प्रणालीमा परीक्षार्थीको व्यक्तिगत अभिलेख, परीक्षासम्बन्धी अभिलेख र सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी विवरण भण्डारण राखिने बताइएको छ । ईडीएल प्रणालीअघि सवारी लाइसेन्स डीएल प्रणालीमा थियो । त्यही प्रणालीबाट नक्कली साइसेन्स बनाइएको हो ।