बुमराह बने जुन महिनाको उत्कृष्ट क्रिकेटर

112
Shares

काठमाडौँ । 

भारतका तीव्रगतिका बलर जसप्रित बुमराह जुन महिनाको आइसीसी प्लेयर अफ द मन्थ बनेका छन् ।

हालै सम्पन्न टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पार्दै जुन महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।

उनले विश्वकपमा ४.१७ को औसतले १५ विकेट लिएका थिए । उनी टी-२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट समेत बनेका थिए ।