नारायणी नदी किनारमा तीन शव भेटिए

714
Shares

नवलपरासी ।

जिल्लाको पूर्वी क्षेत्र गैडाकाेट १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा ३ वटा शव भेटिएकाे छ ।
नदीले बगाई ल्याएकाे आशंका गरिएका करिब ४५ र ६० वर्षका २ पुरुष र ४०/४५ बर्षकै १ महिलाकाे भएको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेदबहादुर पौडेलले बताए ।

प्रहरीले नदीमा भेटिएका ३ ओटै बेवारिसे शवकाे बारेमा आवश्यक अनुसन्धान  भईरहेकाे जनाएकाे छ ।
माछा मार्न गएका मछुवारहरूले नदी किनारमा मानिसका शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।