घर भत्किँदा ८ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

182
Shares

 उदयपुर ।

  सोमबार बिहान ४ बजेदेखि बिहान ११ बजेसम्म निरनतर परेको पानीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १५ मा एक बालिकाको मृत्यु भएको छ भने मृतककी आमा घाइते भएकी छिन ।

बिहानैदेखि मुसलधारे वर्षा भएको र ढुङ्गा माटोले बनेको फुसको घर गलेर भत्किएपछि त्रियुगा वडा नं १५  खाँबु गाउँमा ८ वर्षीया बालिकाको मृत्यु भएको र उनकी ३५ वर्षीय आमा घाइते भएकी हुन ।

त्रियुगा नगरपालिका वडा नं १५का वडाध्यक्ष गणेश प्रसाद तिम्सिनाले अत्यधिक वर्षाका कारण घर भत्किएर ८ वर्षिया बालिका रुपकला मगरको मृत्यु भएको र उनकी आमा ३५ वर्षिया हिरामाया मगर घाइते भएको बताए ।

सोमबार बिहानदेखि परेको पानीले घर भत्कदा घरले किचेर त्रियुगा नगरपालिका वडा नं १५ खाँबुमा एक ८ वर्षीय बालिका रुपकला मगरको मृत्यु भएको र मृतकको आमा हिरामाया मगर घाइते भएकोले उपचारकालागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए ।

मंगलबार बिहान ४ बजेदेखि निरन्तर परेको पानीका कारण उदयपुरको जनजीवन अस्तव्यस्त भएको छ । नदी किनाराका गाउँहरु डुवानमा छन भने कैयौ बस्तीहरु सानु पर्ने अवस्थामा पुगेको छ । त्रिनपा १० र ११ को सीमा बरुवानदी किनारमा रहेको कृषि फर्म नजिकबाट बरुवा नदी बगेकोले सो वरपरको बस्ती जोखिममा रहेको प्रहरी उपरिक्षक थापाले बताए ।

आज जल तथा मौसम विज्ञान विभागले र त्रियुगा नगरपालिकाले एक सूचना जारी गर्दै उदयपुरको त्रियुगा नदीको जलमापन केन्द्रमा हाल जल सतह सतर्कता आसपास र बाढी बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरुमा बसोबास गनेृहरुले उच्च सतर्कता अपनाउन भनेको छ ।