बाबुबाटै पटक-पटक छोरी बलात्कृत, प्रतिकार गर्न खोज्दा चरम यातना 

2.5k
Shares

धादिङ। 

आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन।  तर, धादिङका केही घटनाहरु बाहिर आएको छ ।

आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले देख्यो भने बाटो हिँड्दा समेत अलछिना लाग्छ भन्ने गरिन्छ तर धादिङमा यस किसिमको घटना भएको छ ।

१६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी  हिरासतमा राखेको छ ।

पटक पटक बाबुले बलात्कार गरे  । प्रतिकार गरेपछि छोरीको दुबै  हात जलाइ दिए । कानको लोति चक्कुले चिरिदिए बाबुको यातनाले यति त्रसित छन्  कि बाबुले गरेको बलात्कार र यातनाबारे बताउने साहस समेत उनीसँग छैन ।

बाबुबाट बलात्कृत भएपछि उनी गर्भवती भएकी छिन्  । यो घटना पटक पटक आमालाई सुनाउँदा समेत आमाले छोरीलाई वेश्याको आरोप लगाइन् । बाबुबाट असुरक्षित छोरीले आमाको सहारा खोज्दा समेत यस किसिमको आरोप लागेपछि जिल्ला अदालत धादिङको आदेशबाट १९ हप्ताको गर्भपतन गराएपछि उनी  बालिका सुरक्षित आवास गृहमा आइपुगेकी छन् ।

पीडितलाई परिवारले सुरक्षित राख्नुपर्छ । समाजले सुरक्षाका लागि सघाउनुपर्छ । परिवारको बाबुबाट बलात्कृत हुनुपरेको पिडा, आमाले सहयोग नगरेपछिको विक्षिप्त अवस्था र छिमेकी र समाजले गाउँनिकाला गर्न दिएको दबाबका कारण एउटा पीडित एउटा संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृहमा पुग्नुपर्ने बाध्यता आयो ।

तिनवर्ष अघि काकाले जबरजस्ती करणी गरे । पटक पटकको जबरजस्ती करणी गरेपछि १३ वर्षीया बालिका विक्षिप्त भइन् । आमाको सहयोगमा प्रहरीमा उजुरी भयो । अपराध साबित भयो आरोपित काका कसुरदार ठहरिए । मुद्दा फैसला भएर जेलमा छन् ।

उनी  र उनी  जस्तै पिडा खेपिरहेका सुरक्षित आवास गृहमा बसिरहेका अन्य चार जना बाललिकाहरुको अवस्था पनि उही  छ । संरक्षण र सुरक्षा दिनुपर्ने परिवारकै सदस्यले बलात्कार गरेपछि घर परिवारसँग बसेर भविष्यको लागि योग्य बन्नुपर्ने समयमा पिडाका बिच सुरक्षित आवास गृह खोज्नुुपर्ने अवस्थामा छन् ।

अपराध गर्नेहरुलाई सरकारले एकदमै राम्रो  हिरासत कक्ष, राम्रो जेलमा राखिन्छ । सिदाको बारेमा चासो हुन्छ । औषधी उपचारको राम्रो प्रबन्ध छ । स्वास्थ्य सेवाका लागि जेलसँगै स्वास्थ्यकर्मी र औषधी समेत व्यवस्था छ ।जेलमा सिप सिक्ने अवसर र काम गरेर आम्दानी गर्ने अवसर रहेको छ  तर सरकार एउटा पीडितका लागि भने उनीको आवास, खाना, शिक्षा तथा सीपका बारेमा बेखबर रहने गरेको सुरक्षित आवास गृह संचालनगरिरहेका  सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा बताउँछिन् । सरकारले सुरक्षित आवास गृह सञ्चालन गर्ने, पीडितका लागि न्याय, शिक्षा तथा सीप विकासका लागि समेत विशेष किसिमको पीडित पक्षीय न्याय प्रणाली लागुगर्नु पर्ने अधिकारकर्मी सहयात्री समाजका अध्यक्ष गीता खनालको भनाइ छ ।

न्यून सरकारी सहयोगका कारण सुरक्षित आवास गृह सञ्चालन गर्न कठिन भएर चन्दा उठाएर र केही दाताहरुले दिएको थोरै रकमबाट कठिनसंग धादिङबेसीमा सहयात्री समाज नेपालले सुरक्षित आवास गृह सञ्चालन गरिरहेको खनालको भनाइ छ ।

यसबाहेक धादिङबेसीमा पीडित नराखीकन सुरक्षित आवास गृह सञ्चालन गरेको भनेर सरकारको अनुदान खानेगरेको गुनासो समेत आइरहेको छ ।