ई स्पोर्ट्स पदक विजेता पुरस्कृत

564
Shares

काठमाडौं ।

ई स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ। मोबाइल लिजेन्ड र ई फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।

मोबाइल लिजेन्डमा शीर्ष ८ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए।

ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोश्रो भएका सन्देश ओझाले ३० हजार, तेश्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले ई स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताएका थिए । सदस्य सचिवले आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरुप सरकारले लगानी बढाउनु पर्ने आवश्यकता भएको पनि औंल्याएका थिए।