काठमाडौं ।
नेपाली शेफ नारायण श्रेष्ठ यूके बेक अफ प्रतियोगिता २०२४ मा विजयी भएका छन्। धादिङमा जन्मिएका श्रेष्ठले पेस्ट्री शेफको महत्त्वपूर्ण सफलता हात पारेका हुन्।
यूके बेक अफ, एकदमै कठिन बेकिङ शोहरू मध्ये एक हो। जहाँ केवल स्पन्ज मात्र बनाउनु भन्दा बढी प्रविधिगत सीपमा जोड दिइन्छ। शेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नाो असाधारण दक्षता देखाएका छन्।
“यो पुरस्कार मेरो व्यक्तिगत सफलता हो, यसले स्वप्न र आशा नै बनाइरहेको छ पेस्ट्री समुदायमा” यूके बेक अफ २०२४ मा विजयी भएपछि उनले भने ।
प्रतिक्रिया