काठमाडौं ।
चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्म प्रवर्द्धन समितिले हालै इटहरीमा बृहत् विचार गोष्ठी कार्यक्रम–२०८१ आयोजना गरेको छ।
गोष्ठीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाति फिल्मले विश्वमा नेपालको नाम चिनाउने काम गरेको, तर नेपालमा यस विषयमा ऐनको अभावका कारण ओझेमा पर्ने गरेको बताए। चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले बोर्ड अब काठमाडाैंमा मात्रै सीमित नभएको बताए।
अभिनेत्री मिरुना मगरले फिल्म क्षेत्र आफ्ना लागि विद्यालयजस्तै भएको जनाउ“दै धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन्। आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समितिका संयोजक ज्योतिराज राईले फिल्म नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए।
कार्यक्रममा फिल्म क्षेत्रमा योगदान पुर्याएवापत अभिनेत्री मिरुना मगर, गीतकार तथा समाजसेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाखबहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बू फिल्मका निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मञ्चका कार्यवाहक अध्यक्ष डिकबहादुर भुजेल, भुजेल फिल्मका सहनायक सुरज भुजेललगायतलाई सम्मान गरिएको थियो।
आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सहआयोजनामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति मातृभाषीका विभिन्न झा“कीसमेत प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया