मिस्टर नेपालको अडिसन शुरू



काठमाडौं ।

मिस्टर नेपाल २०२४ को पहिलो चरणको अडिसन झापाबाट शुरू भएको आयोजक नेक्स्ट मोडल्स नेपालले जानकारी गराएको छ।

आयोजकका अनुसार अडिसन क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै काठमाडौंमा हुनेछ। प्रतियोगितामा १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका पाँच फिट सात इन्चमाथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका शीर्ष विजेताले मिस्टर वर्ल्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्वका अलावा नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्