अमेरिकामा १३ करोड मानिस उत्पात गर्मीको चपेटामा, अहिलेसम्मकै उच्च तापक्रम



काठमाडौँ।

अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड मानिसहरु उत्पात गर्मीको चपेटामा रहेका छन् । अहिले सम्म कै उच्च तापक्रम अभिलेख गरिएको छ ।

यस सप्ताहन्तमा करोडौ अमेरिकीहरू प्रचण्ड गर्मीको प्रभावमा परि रहेका छन । एक तिहाइ भन्दा बढी अमेरिकीहरूले गर्मीको सामना गर्ने र आगामी दिनहरूमा थप शहरहरूले कीर्तिमानी तापक्रम देख्ने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।

लस भेगासमा शनिबार तापक्रम ११४ डिग्रीको नजिक र आइतबार पनि तातो हुने अपेक्षा गरिएको छ । यसले ११६ को दैनिक अभिलेख तोड्न सक्ने छ ।

अमेरिकाको पश्चिम र पूर्व दुवै क्षेत्रका कम्तिमा १८ वटा राज्यहरू गर्मीको सतर्कता अन्तर्गत छन्।

राष्ट्रिय मौसम सेवाको मौसम पूर्वानुमान केन्द्रका मौसमविद्हरूले पूर्वानुमान छलफलमा भने, “यी अवस्थाहरूलाई गम्भीरतापूर्वक लिइएन भने अत्यन्तै खतरनाक र सम्भावित घातक हुनेछ।”

मौसम सेवाका अनुसार चरम गर्मीको कारण प्रत्येक वर्ष सयौं मानिसहरूको मृत्यु हुन्छ।

सान होजे, क्यालिफोर्नियामा अत्यधिक गर्मीका कारण मंगलबार एक घरबारविहीन व्यक्तिको मृत्यु भएको नगर प्रमुख म्याट महनले बताए । नगर प्रमुखका प्रवक्ता टाशा डीनका अनुसार ती व्यक्ति ६९ वर्षका थिए ।

सोही दिन, दक्षिण माउन्टेन पार्क (निकुन्ज)र संरक्षणमा परिवारसँग पैदल यात्रा गर्ने क्रममा गर्मीको कारण एरिजोनामा १० वर्षीय बालकको मृत्यु भएको फिनिक्स प्रहरी विभागले जनाएको छ।

एरिजोनामा पनि अस्टिन, टेक्ससका ६९ वर्षीय पदयात्रीको गत हप्ता ग्रान्ड क्यान्यनमा पदयात्रा पछि मृत्यु भएको राष्ट्रिय निकुञ्ज सेवाले बताएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्