उपसभामुख  रानामगरको नेतृत्वमा चीन गएको टोली स्वदेश फिर्ता 

294
Shares

काठमाडौँ। 

उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा चीन गएको टोली स्वदेश फर्किएको छ । ‘फोर्थ चाइना सिजाङ्ग ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेशन’ कार्यक्रममा सहभागी भएर टोली सोमबार हिमालय एअरको उडान नम्बर ‘एच९७७५’ मार्फत स्वदेश फिर्ता भएको हो ।  उक्त टोलीमा मगरसहित प्रतिनिधि सभा सदस्य सुहाङ्ग नेम्वाङलगायत पाँच जना रहेका छन् । त्यसैगरी,राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सना पनि सोही विमानमार्फत काठमाडौं आएको जनाइएको छ ।

 कार्यक्रममा सहभागी हुन उनीहरु गत असार १८ गते चीन  गएका थिए ।

 उपसभामुख मगरले सम्बोधनका क्रममा  गर्दै  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखेकी थिइन्  । उनले राष्ट्रहरूबिच साझा समृद्धि र विकास एवम् सहकार्यको लागि चीनको प्रयास सह्रानिय रहेको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरु बिच कनेक्टीभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पु¥याउने विश्वास  ब्यक्त गरेकी थिइन्।

भ्रमणका क्रममा उनले  चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गरेकी थिइन् ।

सोही क्रममा उनले चीनियाँ कम्युनिष्ट पार्टी (सीपीएन)का  उपसचिव चेन योङ्छी लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् । भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको बताइएको छ  ।

त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको थियो ।