रोयल क्यासल प्रिस्कुलको वार्षिक उत्सव सम्पन्न



  काठमाडौं । 

शंखमुल स्थित रोयल किण्डर क्यासल प्रिस्कुलले  रक्तदान, रक्त समूह पहिचान र दन्त शिविर आयोजना गरेको छ । ११ वर्ष अघि स्थापना भएको सो प्रिस्कुले  वार्षिक उत्सवको अवसरमा रक्तदान, दन्त शिविर र रक्त समूह पहिचान गर्ने कार्यक्रम आयोजना गरेको हो । बुद्धनगर स्थित हाम्रो अस्पतालले निःशुल्क दन्त परीक्षण गरेको थियो ।

प्रि स्कुलका संस्थापक रोजिना डंगोल तण्डुकारले स्वस्थ बालबालिकाको परिकल्पना गर्दै शिविर आयोजना गरेको जानकारी दिइन्  । शिविरमा सहभागी बालबालिकामध्ये छात्रलाई खेलौना कार र छात्रालाई खेलौना स्कुटर प्रदान गरेको थियो ।  कार्यक्रममा अभिभावकले रक्तदान  गरेका थिए । उनका  अनुसार ५८ जनाले रक्तदान गरेका थिए।

 हरेक वर्ष स्कुलले डोनेसन कार्यक्रम आयोजना गरिरहेको छ । प्रि स्कुलले वार्षिक उत्सवमा ओसिड नेपालका १२ जना असहाय विद्यार्थीलाई खाद्य सामग्री वितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्