माओवादी सांसदले ‘मूर्ख बाहुन’ भनेपछि…



काठमाडौँ। 

  नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले नीति कथा भन्ने क्रममा ‘मूर्ख बाहुन’ भनेर दिएको अभिव्यक्तिप्रति कांग्रेसका राजेन्द्र बजगाईंले नियमापत्ति गरेका छन्। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद घर्तीले एउटा नीति कथा सुनाउने क्रममा ‘मूर्ख बाहुन’ भन्ने शब्द प्रयोग गरेका थिए। घर्तीले ‘मूर्ख बाहुन’ भनेर दिएको अभिव्यक्तिप्रति कांग्रेसका राजेन्द्र बजगाईंले नियमापत्ति गर्दै सो शब्द हटाउन माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ फर्काए– त्यहाँका मूर्खलाई भनेको हो, सबै बाहुनलाई भनेको होइन ।’

त्यसपछि  माओवादी सांसद घर्तीले विषय प्रशंगले भन्न खोजेकोमा अनर्थ लागेको भन्दै माफी मागे ।

यस्तो छ सांसद घर्तीले संसदमा सुनाएको नीति कथा

‘गंगा नदीको किनारमा एकजना पण्डित ध्यानमग्न भएको बेला गोही आएछ । गोहीले पण्डितलाई आकर्षित गर्न मोतीका दाना फालेछ । पण्डितले ती दाना गोजीमा राखे । पण्डितलाई प्रलोभनमा पारेर गोहीले आफ्नो काँधमा राखेर नदीमा लग्यो । यात्राका क्रममा नदीमा ठूलो भूल्का आयो र पण्डित डराए । पण्डित डराएपछि गोही हास्यो र भन्यो– ‘मूर्ख बाहुन, मैले त मेरो स्वार्थका लागि लिएर आएको हुँ’ । त्यसपछि पण्डितको शिकार गर्यो ।’

प्रतिक्रिया दिनुहोस्