विपुल र रविको जोडी च्याम्पियन



काठमाडौं ।

रिभाइभ टेबलटेनिस क्लबका बिपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले ४० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज वज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेश्रो भए। तेश्रो हुने जोडीले समान १०–१० हजार नगद पुरस्कार पाए।

उत्कृष्ट खेलाडीको उपाधितर्फ पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार जिते।

समापनका अवसरमा जिओमले सहभागी १ सय २८ खेलाडी मध्ये ७ जनालाई ‘लक्की ड्र’ मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्