युवराजले ल्याए विरही गीत



काठमाडौं ।

गायक तथा संगीतकार युवराज चौलागाईं विरही गीतका साथ दर्शक स्रोतामाझ आएका छन्। मैलेभन्दा बढी माया तिमीलाई बोलको गीतमार्फत उनी दर्शक स्रोतामाझ आएका हुन्।

युवराजको स्वर रहेको गीतमा चन्द्रज्योति आलेको शब्द रचना र राजकुमार बगरको संगीत रहेको छ। गीतमा एक युवालाई आफ्नी प्रेमीकाले दिएको धोका र त्यसले प्रेमीको जीवनमा ल्याएको असहज परिस्थिति र घटना दर्शाएको छ।

गीतमाथि निर्माण भएको भिडियोमा नायक पल शाह र अञ्जना पुनमगरको अभिनय रहेको छ। पल शाहले नै निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ। भिडियो पल शाहको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्