राजेन्द्र सुवेदी स्मृति पुरस्कार थापा र श्रेष्ठलाई



काठमाडौं ।

राजेन्द्र सुवेदी कला पुरस्कार प्रथमपटक नृत्यविद् भैरवबहादुर थापा र राजेन्द्र सुवेदी स्मृति पुरस्कार समालोचक दयाराम श्रेष्ठलाई प्रदान गरिने भएको छ।

राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। समालोचक तथा निबन्धकार राजेन्द्र सुवेदीको स्मृतिमा उनको परिवारले १० लाख राशीको अक्षयकोश खडा गरी यो पुरस्कार स्थापना गरेको हो।

आगामी साउन १९ गते राजेन्द्र सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिने दुवै पुरस्कारको राशी २१ हजार रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्