काठमाडौं ।
दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हालै सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ सम्पन्न भएको छ।
प्रतियोगितामा सञ्जिला तामाङ नवौं संस्करणको मिस ब्युटीफुल नेपालका साथमा मस्ट ट्यालेन्ट र विजया अधिकारी आठौं संस्करणको मिसेस ब्युटीफुल नेपालका साथमा पब्लिक च्वाइस र मस्ट पपुलर अवार्ड विजेता भएका छन्।
मिस ब्युटीफुल नेपालतर्फ विपना मल्ल फस्ट र ईश्वरी हमाल ठकुरी सेकेन्ड रनर्सअपका साथमा पब्लिक च्वाइस अवार्ड र जेलिना भट्टराई मस्ट पपुलर अवार्ड विजेता भए। त्यसैगरी मिसेस ब्युटीफुल नेपालतर्फ रमिता बज्राचार्य फस्ट र ऋतु रौनियार सेकेन्ड रनर्सअप भए। प्रतियोगिताको दुवै समूहमा आठ–आठ प्रतिस्पर्धी थिए।
प्रतियोगितामा सरोज खनाल, यम बराल, बालकृष्ण पोखरेल, सुनीता दुलाल, मञ्जु थापा, मनकुमारी पोखरेल र निलम गुरुङ निर्णायक थिए।
दक्ष इन्टरनेसनलका प्रमुख मेकअप आर्टिस्ट टेकराज पाण्डेको अध्यक्षता, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा संगीतकार शम्भुजीत बाँस्कोटाको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगिता रोजिन शाक्यको सञ्चालन, रबिता मगरको कोरियोग्राफी र गीता उप्रेतीको व्यवस्थापनमा सम्पन्न भएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका दुई दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया