पहिरोका कारण कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध



कालिकोट ।

तीन दिनदेखि निरन्तर अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्गको विभिन्न खण्डहरु अवरुद्ध भएका छन् । लगातार भइरहेको वर्षाले विभिन्न ठाउँमा पहिरो आउन थालेपछि कर्णाली राजमाग,सुर्खेत जुम्ला,सुर्खेत बाजुरा,मुगु लगाएतका सडक खण्डहरु पूर्ण रुपमा बन्द भएका हुन् ।

कर्णाली राजमार्ग अवरुद्ध भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू अलपत्र परेका छन् । कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड,गाल्जे पिली,गगन खोला,एसमोड,हुल्म बजार १५ ठाउमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको छ ।

हुल्म बजार नजिक ठुला ठुला ढुङ्गा सहित पहिरो खसेपछि त्यस क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द भएको हो । शनिवार साँझ सम्म पनि पहिरो पन्छाउन नसकेपछि हुल्म बजारमै यात्रु रोकिएका थिए । भने केही यात्रु कालिकोट सदरमुकाम मान्म फर्किएका थिए । दुई दिन राजमार्ग अवरुद्ध भएपनि सवारी साधनहरू बीच सडकमै लाम लगाएर रोकिएका छन् ।

पहिरो पन्छाउने कार्यलाई तीव्रता दिए पनि चाडै सडक खुल्ने स्थिति नरहेको सडक डिभिजन जुम्लाले जनाएको छ । उहाँका अनुसार सडक डिभिजन जुम्लाका अनुसार कार्यालयका सबै मेसिन सहित जनशक्ति पहिरो प्रभावित क्षेत्रमा खटिए पनि सबै ठाउँमा एकैसाथ अवरुद्ध खुलाउन सकिएको छैन ।

निर्माण व्यवसायीहरूलाई सडक खुलाउन डोजर सहयोग गर्न समेत अपिल गरिएको छ । यद्यपि हरेक वर्ष बर्खाको समयमा यात्रामा सास्ती हुनुभएपछि सम्भावित क्षेत्र आसपास डोजर तथा जनशक्ति तयारी अवस्थामा राख्नु पर्नेमा स्थानीय नागरिकको माग छ । अत्यावश्यक कामले यात्रामा निस्किएका यात्रुहरू सडक बन्द भएकै कारण फर्किनु पर्ने अवस्था रहेकोले अवरुद्ध खुलाउने संयन्त्रलाई मजबुद बनाउनु पर्ने कर्णालीवासीको माग छ ।

अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी गेणेश नेपालीले वताए । उनले पुरानो सामान मौज्दात भएपनि भर्खर ल्याएको भन्दै चर्को मूल्य असुल्ने समस्या हुनसक्ने भएकोले बजार अनुगमनमाजोड दिन समेत जानकारी गराए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै कर्णालीका उच्च जोखिममा रहेका ६ जिल्ला जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्लालाई विपद पूर्वतयारीमा रहन आग्रह गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार कालीकोटको हुल्म बजार नजिक ठूल्ठुला बोल्डर आई पूर्ण रुपमा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्