नेवाः स्यनेकुथि १७ वर्षमा प्रवेश



ललितपुर।

नेपाल भाषा र लिपिको पठनपाठन अघि बढाउन नेपालको पहिलो व्यावसायिक कम्पनी नेवाः(स्यनेकुथि) प्रशिक्षण केन्द्र १७ वर्षमा प्रवेश गरेको छ।
नेपालभाषा, प्रचलित लिपि, रञ्जना लिपिको समेत प्रयोग गरी विभिन्न पुस्तक प्रकाशन, प्रमाणपत्र, उपहार तयार गर्ने उद्देश्यले नेपाल भाषा क्षेत्रमा युवा पुस्ताका अग्रज व्यक्तित्व रुबिन शाक्यले सो कम्पनीको परिकल्पना गरेका थिए ।उनी कम्पनीको प्रमुख सञ्चालक र कार्यकारी निर्देशक हुन् ।

शनिबार केन्द्रमा एक समारोहको आयोजना गरी कम्पनीको १७ औं स्थापना दिवस मनाइयो । सो अवसरमा नेपालभाषा र नेपाललिपि प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। त्रैमासिक साहित्यिक पत्रिका दबू साहित्य, लिपि सम्बन्धी डिजिटल पत्रिकाको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी (रासलाल) ले लोकार्पण गरे।

सो अवसरमा विभागका प्रमुख जोशीले विश्वविद्यालयमा नेपालभाषा पढ्न आउने विद्यार्थीहरुको संख्या बढेसंगै नयाँ नयाँ अवसर सिर्जना भइरहेको बताए।भाषाको संरक्षण र प्रवद्र्धनले संस्कृति संरक्षणमा टो पु¥याउने पनि उनको भनाई थियो। विभागका प्रमुख जोशीले नेपालभाषा, लिपिको प्रयोगलाई बढाउने लक्ष्यलाई पेशाका रुपमा अघि बढाउन सोचको नतिजा उपलब्धिमूलक रहेको पनि धारणा राखे ।

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक रुबिन शाक्यले नेपालभाषा र लिपि सिकेर यसलाई व्यावसायिक रुपमा अघि बढाउने थुप्रै अवसरहरु रहेको बताउँदै भने ‘यसलाई रोजगारीको क्षेत्रको बनाउन सकिन्छ । त्यतिमात्र नभई धेरैलाई रोजगारी दिन सकिन्छ भन्ने उदाहरण केन्द्र रहेको छ ।’
समारोहमा लिपिविद् लोकरत्न शाक्यले नेपाल भाषा र लिपि सिकेर विभिन्न सम्पदाको अभिलेख पढ्ने र संस्कृति सम्बन्धी ज्ञान दायरा बढाउन सकिने बताए।

सो अवसरमा नेपाल समाचारपत्रका सह सम्पादक सुनील महर्जनले रुबिन शाक्यसहित केही युवाले भाषा, लिपि बचाउने भावना र लक्ष्यलाई व्यावसायिकरण गरेकोप्रति सराहना गरे । यो संस्थाको ब्राण्डिङ गरी यसलाई अझ बृहत बनाउन र अरुलाई पनि यस किसिमको कार्य गर्न प्रेरित गर्नुपर्ने पनि महर्जनको जोड रहेको छ ।

समारोहमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष मञ्जु बज्राचार्यले नेपालभाषा सिकेर, लिपिहरु सिकेर के काम भन्नेहरुका लागि केन्द्र र यसका प्रमुख रुबिन शाक्यको सफलता एउटा ठूलो जवाफ भएको बताए।

सो अवसरमा केन्द्रका प्रमुख प्रशासकीय अधिकृत पुजिना शाक्य, साहित्यिक पत्रिकाका संयोजक गंगा बज्राचार्य, स्यनेकुथिका सदस्य प्रलिशा शाक्य लगायतले मातृभाषाप्रति प्रेम गर्न नसक्नेले देशलाई माया गर्न नसकिने भन्दै नेपालभाषा र लिपिको सिक्न युवापुस्तालाई आहवान गरे।

प्रतिक्रिया दिनुहोस्