भारतमा चार नेपालीको बीभत्स हत्या



काठमाडौँ।

भारतमा चारजना नेपालीको हत्या गरिएको छ । मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको  भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

समाचारमा जनाईए अनुसार पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ। घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको खबर आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्