बढीले मधेशको जनजीवन अस्तव्यस्त 



वीरगन्ज। 

लगातार पानी परेपछि तराई मधेशमा  बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगन्जसहित मधेश प्रदेशका अधिकांश जिल्ला तथा शहर प्रभावित भएका छन् ।

 वीरगन्ज महानगरका छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् । पानीलाई निकास दिन उपकरणसहित कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए ।

स्थानीय नदीहरुमा आएको बाढी र निकासको उचित ब्यवस्था नहुँदा  वीरगन्ज,कलैया, रौतहटको गौर सहित प्रदेशको राजधानी रहेको जनकपुर समेत डुबानमा परेको छ । जनकपुर उपमहानगरपालिकाका अधिकांश स्थानहरु पनि डुबानमा परेको स्थानीयहरुले जानकारी दिएका छन् ।

मधेशमा बर्षेनी पानी परेपछि आउने बाढीको उचित निकास नहुदा डुबानको समस्या हुदै आइरहेको छ  । दुई दिन अगाडिसम्म खासै  पानी नपरेको वीरगन्ज क्षेत्रमा शनिबार बिहानबाट अत्यधिक वर्षा भएपछि जनजीवन प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्