अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागको जिम्मेवारी डा शिलु श्रेष्ठलाई 



काठमाडौं।

 चिकित्सा राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल तथा ट्रमा सेन्टर) अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागको प्रमुखको जिम्मेवारी प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डा शिलु श्रेष्ठले पाएकी छिन्।

चिकित्सा राष्ट्रिय प्रतिष्ठानको २०८१ असार १९ गतेको (उपकुलपति स्तर)को निर्णय अनुसार डा शिलु श्रेष्ठलाई ‘अर्थोपेडिक तथा ट्रमा सर्जरी’ जिम्मेवारी दिइएको हो।

डा शिलुलाई दिइएको जिम्मेवारी पर्रमा लेखिएको छ ‘प्रस्तुत विषयमा तपाईँलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको एउटै विभागको रुपमा रहेको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागको हाललाई विभागीय प्रमुखको जिम्मेवारी तोकिएको ब्यहोरा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मिति २०८१/०३/१९ (उपकुलपति स्तर) को निर्णयअनुसार अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्