काभ्रेमा अवरुद्ध सडक खुल्यो

1.88k
Shares

काभ्रे ।

अबिरल वर्षा पछिको बाढीका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अवरुद्ध स्थानहरुको पहिरो पन्छाएको हो  ।

अहिले सो सडकमा यातायात सुचारु भएको छ ।