बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि गोताखोर परिचालन 



काठमाडौँ।

बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरीको  गोताखोर परिचालन गरिएको छ।

आजै काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि  सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद उद्धार  गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा ५ जना गोताखोर सहित १५ जना र नं. १८  निलबाराही गण किर्तिपुरबाट १० जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्