लगातारकाे वर्षाले जनजीवन प्रभावित



नवलपरासी ।

जिल्लामा शुक्रवार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ ।भारी वर्षाका कारण पहाडी कालीगण्डकी करिडाेर, उत्तर दक्षिण कुमसाेद पाेखरी मुख्य  सडक अबरुद्ध रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गकाे दाउन्ने खण्डमा सडक आवागमन एक तर्फी छ भने जिल्लाका अधिकांश खाेलानालामा जल सतह बढेकाे बताइएको छ ।
यसै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेलले मनसुन प्रतिकार्य याेजना अन्तर्गत जिल्ला स्थित सबै सुरक्षा अंङ्गहरूलाई तयारी अवस्थामा राखिएको बताए ।

उनका अनुसार  सबै स्थानीय निकायहरूसंग समन्वय गरी सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्ने, खोला नदीछेउ नजान सूचित गर्ने कार्य भई रहेको छ ।

विशेष गरी गण्डकी क्षेत्रमै अझ केही समय वर्षा जारी रहने देखिएकाले नारायणी नदी आसपासका गाउँ बस्तीमा बाढी पस्ने सम्भावनाले स्थानीयलाई त्रसित गरेको छ ।

नारायणी नदीमा गरिएको जल स्तर मापनमा देवघाटमा नदीको बहाव सतर्कताको तह भन्दामाथि  पुगेको छ भने त्रिवेणी स्थित गण्डक ब्यारेजमा १ लाख ३४ हजार ३ सय क्युसेक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्