बाढी पहिरोमा परी एक बेपत्ता, ८ घरमा क्षति



दाेलखा । 

दोलखामा शुक्रवार रातिको अविरल बर्षाको कारण दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर- ९ डोगाङमा ठूला, साना गरि ८ वटा घर पूर्णरूपमा क्षति भएको छ भने एकजना बेपत्ता भएका छन् ।

अविरल बर्षाको कारण गौरीशङ्कर गाँउपालिकाको छ्योतछ्योत- सिमिगाँउ- रोलवालिङ-च्छोरोल्पा पदमार्गमा आएको बाढी पहिरोमा परी वडा नम्बर-९ डोगाङ का स्थानीय ६० बर्षिय जाङ्मु शेर्पा बेपत्ता भएको पालिका प्रमुख विश्वास कार्कीले बताउनु भयो ।

पहिरोमा परी डोगाङको तीन वटा ठूला र पाँचवटा साना होटल समेत बगाएको पालिका प्रमुख कार्कीले बताउनु भयो ।
शनिवार विहानैबाट पालिकाको सक्रियतामा सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतले उद्दार तथा खोजिकार्य गरिरहेको पालिका प्रमुख कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्