रारा विमानस्थलमा चार दिनदेखि हवाई सेवा अवरुद्ध



मुगु ।

हिमाली जिल्ला मुगुमा रहेको रारा विमानस्थल वर्षाले गर्दा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । साताअघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु र हुम्लाका लागि बाँकेको नेपालगन्जबाट हुने उडान अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताए ।

उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ ।

मौसम सफा नभएसम्म हवाई उडान हुन नसक्ने रारा हवाई उड्डयन प्राधिकरणका प्रमुख रिमालले बताए । कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् ।

हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधवारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराए । हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

हुम्लाको सिमिकोट र मुगुको रारा बिमानस्थल भयमा नेपालगन्जबाट तारा, समिट र सिता एयरलाइन्सहरूले उडान भर्दै आएका छन् । तत्काल मौसममा सुधार नहुने भयपछि जहाज चार दिन देखि उडान रद्द गरेपछि रारा विमानस्थलमा,बिरामी ,कर्मचारी ,विद्यार्थी,व्यापारी लगायतका यात्रु अलपत्र परेको विमानस्थलका व्यापारी गोविन्द मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्