पहिरोले वि.पी.राजमार्गमा अवरुद्ध



काठमाडौं ।

अविरल वर्षासँगै आएको पहिरोले वि.पी.राजमार्गमा अवरुद्ध भएको छ ।

वीपी राजमार्गको काभ्रेखण्ड अन्तर्गत रोशी गाउँपालिका ८ नर्के, चारसय बेसी र वडा ९ जनबिजयमंगल मावि स्कुल अगाडि सडक अवरुद्ध भएको छ ।

वडा नम्बर ११ कालढुङगा र १२ माम्तिस्थित वि.पी. राजमार्ग खहरेखोलाबाट लेदो आएर सड्क अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमामा प्रहरी स्थानीयले जेसिभीबाट लेदो पन्छाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

लेदो आउने क्रम भइरहेको र पन्छाउने कार्य गर्दै बाटो सुचारू गर्ने कार्य भएको छ । सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै  यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्