तिब्बतका पार्टी सचिव र पुर्व अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



काठमाडाैं  । 

राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङ बिच शनिबार भएको छ ।

चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत जानु भएका पुर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङ बिचमा ल्हासामा भेटवार्तामा दुई देशको आपसीहितका सम्बन्धमा महत्वपूर्ण कुरा भएको हो ।

भेटका अवसरमा अध्यक्ष नेपालको बिकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

यसैगरी नेपालबाट हाइलेज ( घाँस ) , राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल , बीउ , बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सचिव वाङले नेपालको बिकासमा चीन सरकारको निरन्तर निःसर्त सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने , सवै सिमा नाकाहरु नियमित सञ्चालन गर्न र पुर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाउनु भयो ।

साथै उहाँले चीनको एक चीन निती प्रति नेपालको समर्थन र नेपालमा चीन बिरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिद्धताको उच्च प्रशंसा गर्नुभयो । तिब्बतका पार्टी सचिव वाङले पुर्व अध्यक्ष तिमिल्स्निाको सम्मानमा रात्रीभोजको पनि आयोजना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्