उदयपुरमा २२ विद्यालयको नतिजा शून्य



उदयपुर ।

केही दिनअघि सार्वजनिक एसइईको नतिजामा उदयपुरका बाईस वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका सुचना अधिकारी भवानी प्रसाद कट्टेलका अनुसार उदयपुरका विभिन्न पालिकाका २२ वटा विद्यालयको नतिजा यस बर्षको एसइई मा शून्य आएको हो ।

उनका अनुसार जिल्लाको ताप्ली गाउँपालिकाको एक वटा, लिम्चुङबुङ गाउँपालिका एक वटा, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका चार चार वटा सामुदायिक विधालयको नतिजा शुन्य भएको हो ।

 त्यसैगरी त्रियुगा नगरपालिकाका दुई, कटारी नगरपालिकाका दुई वटा, बेलका नगरपालिकामा तीन वटा र चौदण्डीगढी नगरपालिकामा पाँच विद्यालयको नतिजा शून्य आएको हो ।

जिल्लामा अधिकांश विद्यार्थीहरुको गणित, बिज्ञान र अंग्रेजी बिषयमा नन ग्रेड आएको शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरले जनाएको छ । उदयपुरमा १ सय ४२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु एसइईमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्