त्रियुगाका शिक्षकले अन्यत्र काम गर्न नपाउने

644
Shares

उदयपुर ।

त्रियुगा नगरपालिका भित्रको कुने पनि कलेज, सामुदायिक तथा संस्थागत विद्यालयमा काम गर्ने शिक्षकहरुले अव एक ठाउँभन्दा बढी अन्यत्र कतै पनि पढाउन वा अन्य काम गर्न नपाउने भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्नो लगानीमा निजी विद्यालय संचालन गरेर पढाउने गरेको र कतिपयले सामुदायिक तथा निजी विद्यालयमा पनि पढाउने गरेको, कतिपयले क्याम्पस र निजी विद्यालपमा पढाउने गरेको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय लिएको बताइएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्धारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्नो दरबन्दी भएको विद्यालय बाहेक अन्य क्यम्पस, निजी विद्यालय, इनिष्च्युट, अन्य कुने पनि शैक्षिक संस्था वा संघ संस्थामा काम गर्न नपाउने र काम गरेको थाहा पाइएमा वा सूचना पाइएमा कार्वाही गरिने उल्लेख छ ।

शिक्षा ऐन २०२८ को दफा १६ च कोउपदफा ९१० र शिक्षा वज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा नगर पालिकाले निर्णय गरेको जनाइएको छ । नियम कानुन मिचेर आफ्नो दरबन्दी बाहेकको संस्थामा काम गरेको सूचना पाएमा सम्बन्धित शैषिक संस्था वा अन्य संस्थालाई समेत कार्वाही गर्ने मेर बस्नेतद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाले आफू मातहतका सबै शैक्षिक संस्थाहरुमा पत्र पठाई प्राप्त निर्देशनलाई कडाईकासाथ कार्यान्वयन गर्न र कुनै सामुदायिक विद्यालयका शिक्षकहरु अन्य कार्यरत रहेको भएमा तत्काल अन्यत्र काम नगर्न जानकारी गराउने र निर्णयको पालना भए नभएको बारे नगरपालिकालाई जानकारी दिन पनि पत्रमा भनिएको छ ।

तर त्रियुगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भने यस बारेमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।