रोकेको गाडीमा अज्ञात व्यक्तिको ब्रिफकेस, सेनाद्वारा डिस्पोज



धादिङ ।

धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेला परेको सुटकेशमा थोत्रा कपडा, सुर्तीजन्य पदार्थको खोल,चिजबलको खोल लगाएतको फोहोर रहेको फेला परेको छ।

सेनाले डिटोनेटर राखेर ब्रिफकेश पड्काएपछि झोला सर्च गर्दा सामाग्रिहरु फेला परेको हो । धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले ब्रिफकेस राखेपछि बजार तनाव भएको थियो । त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक ३०र३५ वर्षका अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

ती व्यक्ति लाई प्रहरीले पक्राउ गरेको बताए पनि उसको परिचय खुलाएको छैन । ‘रातो गाडीको लक खुल्ला रहेछ, ती व्यक्तिले सुटकेश राखेर हिँडेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी गौतम केसीले भने, ‘शंकास्पद लागेपछि हामीलाई खबर आएको थियो ।’

शंकास्पद झोला गाडिमा राखेर हिडेका व्यक्ति धादिङबेसी क्षेत्रमा देखियका थिएनन् । शंका लागेकोले सुटकेस राखिएको ठाउँमा सिल गरिएको छ । पसलहरु बन्द गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले राती पौने आठ बजेतिर अज्ञात वस्तुलाई डिस्पोजल गरेको छ । बजार तनावग्रस्त भएपनि हजारौं मानिस डिस्पोज गरेकोर्न घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्